अब ७० कटेका नेताहरु आराम गरौं, नयाँलाई अवसर दिनुपर्छः अध्यक्ष नेपाल

अब ७० कटेका नेताहरु आराम गरौं, नयाँलाई अवसर दिनुपर्छः अध्यक्ष नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उपनिर्वाचनको परिणामले मुलधारका पार्टीहरुलाई समयमै समीक्षासहित सुध्रिन सन्देश दिएका बताएका छन् । 

उनले यो परिणामले उमेर ढल्किएका नेताहरुलाई आराम गर्न सन्देश दिएको पनि उल्लेख गरेका छन् । 

जनकपुरधाममा शुक्रवार समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले सचेत बन्न सन्देश दिएको बताएका हुन् । 

उनले भने ‘देशका हालका मुख्य र मुलधारका पार्टीहरु समयमै समीक्षा सहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवयश्क छ । ’ 

अध्यक्ष नेपालले सत्तरी वर्ष लागेका नेताहरु आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफु लगायत त्यस्ता सम्पूर्ण नेताहरुलाई पुस्तान्तरणका लागि आहवान गरे । उनले भने, ‘उमेर ढल्किएका नेताहरुले अब आराम गरे हुन्छ, नयाँलाई अवसर दिनुपर्छ अब ।’ 

उनले देशमा आर्थिक संकटबीच पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई दुई लाख दिने निर्णयको विरोध गरे । 

त्यस्तै अध्यक्ष नेपालले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासंग मात्र नभइ बिप्लव समूहसंग समेत कुराकानी भइरहेको बताउदै उनले कम्युनिष्ट आन्दोलन बचाउन मोर्चा बनाइने बताए । 

Logo