उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गीत, संगीत र कलाको क्षेत्रले समाजको यथार्थहरुलाई प्रष्टयाउने काम गरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित म्युजिक खबरको १०औं म्युजिक अवार्ड कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले संगीत र कलाको क्षेत्रले राष्ट्रको गौरवलाई स्थापित गर्ने काम गरेको बताएका हुन् ।
‘कला र संगीतले समाजको यथार्थहरुलाई समाजको सकारात्मक सुन्दरतालाई अभिव्यक्त गर्ने काम गर्छ । कला संस्कृति र संगीतले समाजलाई एक पछि अर्को पुस्तासंग निरन्तर अगाडि बढाउन वाहकको काम गर्छ । संगीत र कलाको क्षेत्रले राष्ट्रको गौरवलाई स्थापित गर्न प्रचारकर्ताको काम गर्छ ।’ उनले भने ।
उनले गीत संगीत मानवीय जीवनको लागि अत्यन्त महत्वपूर्ण पक्ष भएको बताए । सवैले यो क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै आगामी वर्षमा सरकारको ध्यान जाने उनको भनाइ छ ।































प्रतिक्रिया