ईन्डियन प्रिमियर लिग(आईपीएल) मा लखनउ सुपर जायन्ट्सले पन्जाब किंग्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा शुक्रबार भएको खेलमा लखनउ ५६ रनले विजयी भएको हो ।
लखनउले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय १ रन मात्र बनाउन सक्यो। लखनउका लागि अथर्व ताईडेले ३६ खेलमा ८ चौका र २ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । पन्जाबले पहिलो ओभरमा नै कप्तान शिखर धवनलाई मात्र १ रनमा गुमाएको थियो ।
पन्जाबका लागि तेस्रो विकेटका लागि ताईडे र सिकन्दर राजाले ४७ बलमा ७८ रनको साझेदारी गरेर केही आशा जगाएका थिए । सिकन्दर राजाले २२ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाए ।
जितेश शर्माले १० बलमा ३ छक्काको सहयोगमा २४ रन बनाए । लियम लिविङ्स्टोनले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । साम करनले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए ।
लखनउका लागि यश ठाकुरले ४ र नभिन उन हकले ३ विकेट लिए । रवि बिश्नोईले २ तथा मार्कस स्टोईनिसले १ विकेट आफ्नो नाममा गरे।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
आठ खेलमा पाँच जित र तीन हारका साथ १० टोली सहभागी प्रतियोगितामा लखनउ दोस्रो स्थानमा उक्लिएको छ ।पन्जाब आठ खेलमा चार जित र चार हारका साथ छैटौँ स्थानमा कायमै रहेको छ ।





























प्रतिक्रिया