एसिसी प्रिमियर कप : आज नेपाल कुवेतसँग भिड्दै

एसिसी प्रिमियर कप : आज नेपाल कुवेतसँग भिड्दै

केन्द्रबिन्दु
0
Shares

नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतसँग खेल्दैछ।

समूह ए को विजेता बन्दै नेपालले समूह बी को उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो। नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ। 

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ। नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ।

Logo