उत्तरी चीनमा सडक दुर्घटना, ६ जनाको मृत्यु

उत्तरी चीनमा सडक दुर्घटना, ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान शहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार शहरको जिन्ता काउन्टीमा आज बिहान एउटा सेमी ट्रेलर ट्र्याक्टर र मिनिभ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइते सबै जना मिनिभ्यानमा सवार रहेको थिए । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ।

Logo