नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको छ ।
जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ४ ओभरमा ४ विकेट गुमाउँदै १८ रन बनाएको हो । ओभरकाे पाँचौ बलमा तीव्र गतिका बलर करण केसीले रविजा सन्दररुवानलाई ९ रनमा दीपेन्द्रसिंह ऐरीबाट उत्कृष्ट क्याच गराएका हुन् ।
त्यसअघि केसीले नै पहिलो ओभरको पाँचौं बलमा ओपनर आदनान इद्रिसलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले अर्का ओपनर परविन्दर कुमारलाई एक रनमा एलबीडब्लू आउट गरे । केसीको तेस्रो ओभरको चौथो बलमा मिट भाष्भर उत्कृष्ट क्याचको शिकार भएका थिए ।





























प्रतिक्रिया