नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलको खेल वर्षाले विथोलेपछि नेपाल समूह विजेताको आधारमा फाइनलमा पुगेको हो । नेपालले फाइनलको प्रतिद्धन्द्धी संयुक्त अरब इमिरेट्स (युएई)लाई पाएको छ ।
यसअघि शतकबाट थोरैले चुकेपनि कप्तान रोहितकुमार पौडेलको पौरखपूर्ण प्रदर्शन र बलिङमा करण केसीको करामतको सहयोगमा नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।
शनिबार बर्षाले खेलमा असर गरेपछि छोट्याएको ४२ ओभरको खेलमा कप्तान पोडेलको शानदार ९४ रनको सहयोगमा नेपालले ९ विकेटको खर्चमा २ सय ८१ रन बनाएको थियो । जवाफमा डक वर्थ लुईस डीएल मेथोड अनुसार २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतको अवस्था सुरुदेखि नै नाजुक रहयो ।
आठ ओभर ३ बलमा मात्र ३७ रन बनाउँदा ६ विकेट गुमाउँदा बर्षाले खेल रोकिएको थियो । बर्षाले कुवेतलाई लाजमर्दो अवस्थाबाट जोगाएको थियो ।
नेपाली बलरका अघि कुवेती व्याट्सम्यानहरु निरीह सावित भएका थिए । कुवेतका अलराउण्डर मोहम्मद अस्लाम बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् । उनी १९ बलको सामना गरेर १४ रन बनाउँदै बाहिरिएका थिए ।
नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले कुवेतको ५ विकेट लिएका थिए । उनले ४ ओभर ३ बल खेल्दै १ मेडन राखेर १० रन दिँदै कुवेतका ५ जनालाई सस्तोमा पेभेलियन फर्काएका थिए । यस अलावा सोमपाल कामीले एक विकेट लिए ।
यसअघि कप्तान रोहित पौडेलले ९५ बलको सामना गर्दै ७ चौका र ३ छक्काको सहयोगमा ९४ रन बनाएका थिए । रोहित र रोहित र कुशल मल्लले चौथो विकेटका लागि १ सय ९ रनको साझेदारी गरेका थिए । कुशल ४४ बलको सामना गर्दै ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाएका थिए ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले १० ओभर खेलेर ७६ रन जोड्दै प्रभावकारी खेल प्रदर्शन गरेका थिए । कुशल ३९ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरी ४३ रन बनाएर बाहिरिएका थिए । आसिफ २८ बल खेलेर १ चौका र ३ छक्काको सहयोगमा ३१ रन बनाएर बाहिरिए ।
यस्तै, आरिफ सेखले १९ बल खेलेर २ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए । सोमपाल कामी १३ र ललित राजवंशी २ रन बनाएर अविजित रहे ।
कुवेतका एडनान इद्रिस र मोहम्मद अस्लामले समान ३–३ विकेट लिए ।
वर्षाका कारण दुई घन्टा बढी अवरुद्ध भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । तर डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८ ओभर ३ बलमा ६ विकेटको खर्चमा ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेपछि थप खेल हुन सकेन । समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो भने कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो । यस प्रकार नेपाल समूह विजेताकोरुपमा फाइनलमा स्थान बनाएको हो ।
यसैगरी मूलपानी क्रिकेट मैदानमा भएको अर्को सेमिफाइनल खेलमा पनि वर्षाले अवरोध पु-याएपछि डकवर्थ लुइस प्रणालीमा अगाडि रहँदै यूएई फाइनलमा पुगेको छ । डीएल प्रणालीका आधारमा यूएईले ओमानलाई २ रनले हराएको छ । फाइनल खेल आगामी सोमबार कीर्तिपुरमा हुनेछ । फाइनलको विजेता टोली आगामी सेप्टेम्बरमा आयोजना हुने एसीया कपका लागि छनोट हुनेछ, जहाँ भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । साथै विजेतासहित शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन् ।





























प्रतिक्रिया