सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन्। लिगको १३ औँ चरण अन्तर्गत आइतबार अन्तिम चार खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। मछिन्द्र र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
रंगशालामै हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको बाँकी खेल समेत हुनेछ। हिमालयन र आर्मीबीचको खेल दिउँसो ४:३० बजे सुरु हुनेछ ।
यस्तै एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज र मनाङबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।
यस खेल शनिबार नै रंगशालामा हुने तय थियो। तर, भारी वर्षा र चट्याङको कारण खेल स्थगित भएको हो। एन्फा कम्प्लेक्समै संकटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल हुनेछ। संकटा र जावलाखेलबीचको बाँकी खेल दिउँसो १ बजे सुरु हुनेछ।





























प्रतिक्रिया