महावीर पुन दोस्रो रातपनि माइतीघरको सडकमै सुते

महावीर पुन दोस्रो रातपनि माइतीघरको सडकमै सुते

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन दोस्रो रातमा पनि माइतिघर मण्डला सुतेका छन् ।

शुक्रवार देखी ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रेका पुनले आइतरवार रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गरेका हुन् । 

शनिवार दिउसाे देखी नै मुसलधारे पानी परे पनि पुनकाे टाेली भने कठयाङिद्रो चिसोमा त्रिपालमुनी बसेकाे थियाे । उनले त्यसकाे भिडियाे पनि सार्बजनिक गरेका छन्।  ‘धर्ना जारी छ र हुनेछ, आज राती पनि यतै सुत्ने हो’ शनिवार साँझ नै उनले जानकारी दिदै भनेका थिए ।

शनिवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवि मिश्रलगायत उनको आन्दोलनमा ऐक्यबद्ता जनाउन माइतीघर मण्डलामा पुगेका थिए ।  

शुक्रवारको रात पनि माइतीघर मण्डलाको सडकमा नै सुतेर कटाए थिए । 'लु, हामी चाहीँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरु सुति रहनुहोस र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइरहनु होस्,’ पुनले शनिबार बिहान जानकारी दिदैँ भनेका थिए, ‘के त होला र ? केही चिन्ता छैन, हद्दै भए यहि नेपाल ता जाला, पृथ्वी ता रहि रहन्छ नि ।’ 

आविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन ।

 गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन । 

‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारसँग तपाईको सन्तानको, तपाईको भाबी सन्ततिको र मातृभूमीको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उनले भनेका थिए, ‘बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दछु ।’ 

Logo