स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जीत हासिल गरेको छ। शनिवार राती भएको खेलमा रियलले ४-२ को अन्तरले अल्मेरिया माथी जीत हासिल गरेको हो ।
रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएकाे खेलमा कप्तान बेन्जेमाले ५ औं मिनेटमा नै सुरुवाती गोल हानेर रियललाई १–० को अग्रता दिलाएका थिए । पाँचाै मिनेटमा पहिलो गोल हानेका उनै बेन्जेमाले १७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे ।
४२औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै आफनो ह्याट्रिक पूरा गर्दै खेललाई पहिलो हाफमा नै ३-० को अग्रता दिलाउन सफल भए । तर, पहिलो हाफको इन्ज्युरी समयमा अल्मेरियाका लजारोले गोल फर्काउदै खेललाई ३-१ को स्थितिमा बनाई दिए ।
पुन दोस्रो हाफको सुरुवाती ४७औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४-१ को अन्तरले खेलको स्थीति बनाए भने ६१औँ मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४-२ को स्थितिमा ल्याई दिए । त्यसपछि कुनै पनि टिमवाट गोल हुन सकेन, अन्ततः खेल ४-२ मा टुंगियो ।
यस जितसँगै रियलको ३२ खेलबाट ६८ अंक बटुलेको छ भने पराजित अल्मेरिया ३३ अंक जोडेर १५औँ स्थानमा सिमित रहेको छ । दोस्रो स्थानको रियल भन्दा ११ अंक बढी बटुलेर बसेको शिर्षस्थानको बार्सिलोनासँग ६९ अंक रहेको छ ।





























प्रतिक्रिया