पहिरोले घर पुरिंदा स्याङ्जामा एक महिलाको मृत्यु

पहिरोले घर पुरिंदा स्याङ्जामा एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वालिङ ।

अविरल बर्षाका कारण पहिरोले पुरिंदा स्याङ्जामा एक महिलाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका १० सिमलसौँरामा पहिरोले घर भत्किँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् ।

घर भत्किँदा ५२ बर्षिय महिला माया सारुको मृत्यु भएको हो । २० बर्षिया छोरी नारायणी सारुलाई स्थानियले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।

राति खाना खाएर आमा छोरी सुतेकोमा बिहान स्थानियले पहिरोले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । घरदेखि करिब २५ मिटर माथिबाट आएको पहिरोले घर पुरिएको हो । उद्धार गरिएका सारुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि ल्याईएको अधिकारीले बताए।

त्यस्तै पहिरोले छिमेकी पदम सारुको घरमा समेत क्षति पुगेको छ । पहिरो विहान साढे ३ बजे खसेको स्थानीयले जनाएका छन् ।

Skip This
Skip This
Logo