मौद्रिक नीति कार्यान्वयनमा राष्ट्रिय व्यापार संघको जोड

मौद्रिक नीति कार्यान्वयनमा राष्ट्रिय व्यापार संघको जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय व्यापार संघले आर्थिक वर्ष २०७७/ ७८ का लागि ल्याइएको मौद्रिक नीति सकारात्मक रहेको ठहर गरेको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै संघले मौद्रिक नीति सकारात्मक रहेको जनाएको हो । संघका महासचिव वैकुण्ठ दाहालद्वारा जारी विज्ञप्तिमा संघले राख्दै आएका मागहरु पनि सम्बोधन भएको र मौद्रिक नीतिले टीटी तथा डिमान्ड ड्राफ्टको सीमा वृद्धि गरिएकाले साना तथा मझौला उद्योगलाई फाइदा पुग्ने उललेख गरिएको छ।

संघले मौद्रिक नीति कार्यान्वयनमा जोड दिएको छ । संघले व्यापारी र व्यवसायीको मागलाई सम्बोधन गर्दै सरकारले आगामी दिनमा समयसापेक्ष नीति परिमार्जन गर्ने विश्वास पनि व्यक्त गरेको छ ।

Logo