काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्।
वीर अस्पतालमा कार्यरत स्टाफ नर्स ३४ वर्षीय अनुमा श्रेष्ठ काठमाडौं महानगरपालिका- १६ बोहराटारस्थित सुजन ढकालको घरमा मृत फेला परेकी हुन् । शनिबार घरमा झुण्डिएको अवस्थामा उनी फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अनुमा विर अस्पतालमा स्टाफ नर्स पढाउँथिन् भने सुजन विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरुबीच प्रेम सम्बन्ध रहेको बताइए पनि अन्य कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया