दुई सातादेखी बेपत्ता भएका आमा छोरा अझै फेला परेका छैनन।
दुई साता देखी बेपत्ता भएका ब्याँस नगरपालिका-१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन्।
राममायाको श्रीमान लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपरेको बताए। श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरे पछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए।
भारतको रोजगारीमा गर्दै आएका श्रीमान लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भए पछि नेपाल आएका थिए। आफान्तलगायत सबैतिर खोजी गर्दा पनि फेला नपरे पछि खोजि गरिदिन उनले अपिल गरेका छन्।































प्रतिक्रिया