एसिसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ। पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ।
बिहान ९ बजेदेखि सुरु भएको खेल वर्षाका कारण बीचमै रोकिएको हो। १६ ओभर पूरा हुँदा वर्षा भएपछि खेल रोकिएको छ।
खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ। नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।































प्रतिक्रिया