सामन्तवादका छाउराहरु पूर्वबाट उठ्न खोजेपछि जनयुद्ध दिवसमा बिदा दिएँः प्रधानमन्त्री प्रचण्ड

सामन्तवादका छाउराहरु पूर्वबाट उठ्न खोजेपछि जनयुद्ध दिवसमा बिदा दिएँः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै सामन्तवादका छाउराहरु पूर्वबाट उठ्न खोजेको टिप्पणी गरेका छन् । 

अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको टिप्पणी गर्दै आफूले  त्यसको जवाफ स्वरुप फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिएको बताएका हुन् । 

उनले भने, ‘हिजो इतिहासमा कुनातिर मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ । इतिहासले, आम नेपाली जनताले, फोहोर फ्याँक्ने ठाउँमा फालिसकेकाहरु पनि उठेर अझ पूर्वबाट रे । मेचीबाट तपाईंहरुले हिसाब गर्नुभएकोे छ नि । त्यसको जवाफ मैले फागुन १ गते जनयुद्ध दिवस बिदा दिएर दिएँ ।’

प्रधानमन्त्री प्रचण्डले मजदुर वर्गको एकता आवश्यक रहेको बताए । मजदुरको शक्तिले विश्वका जस्तो सुकै समस्या समाधान गर्न सकिने पनि उनको भनाई छ । 

Logo