वेवास्था गर्ने लापरवाह सरकार मलाई मञ्जुर छैनः गगन थापा

वेवास्था गर्ने लापरवाह सरकार मलाई मञ्जुर छैनः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांँग्रेसका महामन्त्री गगन थापाले नेपाली जनताले जवाफदेही सरकारको अपेक्षा गरेको बताएका छन् । 

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै पनि कुराको वेवास्था गर्ने सरकार आफूलाई मञ्जुर नभएको बताएका हुन् । 

‘समृद्धि समृद्धि भन्दै गर्दा त्यो बहसले सामाजिक न्यायको कुरालाई पछाडि धकेलिदिएको छ । नेपालमा अहिले कस्तो सरकार छ नेपाल ट्रेड युनियन कांँग्रेसलाई केही मतलव हुने भएन । नेपाल ट्रेड युनियन कांँग्रेसलाई नेपाली कांँग्रेस सरकारमा छ की छैन् भनेर मतलव हुनु भएन । त्यसलाई ओझेलमा पारिदियो । मलाई जवाफदेही सरकार चाहिन्छ वेवास्ता गर्ने सरकार मलाई मञ्जुर छैन ।’ उनले भने । 

नेपाल ट्रेड युनियन काँंग्रेसले केही दिनमा बन्दै गरेको बजेटमा माग पत्र लगेर न्यूनतम ज्याला पुनरावलोकनको सन्दर्भमा मिति नतोके सडक संघर्ष गर्ने भनेर बोल्न सक्नुपर्ने उनको सुझाव छ ।

Logo