बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको कठ्यांग्रिएर ज्यान गयो

बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको कठ्यांग्रिएर ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

बझाङमा यार्सागुम्बा टिप्न एक जनाको ज्यान गएको छ । 

सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतबार साँझ मृत्यु भएको हो । उनको यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको र चिसोले कठ्यांग्रिएर ज्यान गएको हो । गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए ।

Skip This
Skip This
Logo