मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला

मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला

केन्द्रबिन्दु
0
Shares

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा आज एक युवकको शव फेला परेको छ । 

मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ याङ्कोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै सनाखत हुन नसके पनि पछि आफन्तको सहयोगमा उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

Skip This
Skip This
Logo