जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई तेस्रो झट्का

जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई तेस्रो झट्का

केन्द्रबिन्दु
0
Shares

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले जवाफी ब्याटिङमा तेस्रो विकेट गुमाएको छ ।

खेलको दोस्रो ओभरको दोस्रो बलमै पहिलो विकेट गुमाएको नेपालले ९ ओभरको समाप्तीमा तेस्रो विकेट गुमाएको हो । तेस्रो विकेटका रुपमा नेपालले कप्तान रोहित पौडेलको विकेट गुमाएको हो । ११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि कुशल भूर्तेल तथा आशिफ शेखले इनिङको थालनी गरेका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भयो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो ।

खेल स्थगित भएपछि मंगलबार त्यहिँ अवस्थाबाट खेल सुरु भएको थियो । मंगलबार युएईले १५ औं बलमा रनको खाता खोलेको थियो । अन्तिम विकेटको रुपमा जुनैद सिद्दिक १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । युएईका आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस खेलको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Logo