यूएईविरुद्ध ‘गुल्सन झा’को महत्वपूर्ण अर्धशतक

यूएईविरुद्ध ‘गुल्सन झा’को महत्वपूर्ण अर्धशतक

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा गुल्सन झाले यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । 

दोस्रो इनिङको २७‍.५ ओभरमा ७५ बल खेलेका झाले ४ छक्का र ३ चौकाका साथ ५० रन जोडेका हुन् । यो अर्धशतकसँगै गुल्सन झा र भिम सार्किले अर्धशतकीय साझेदारी गरेका छन् । यूएईविरुद्ध ११८ रनको विजयी लक्ष्य पछ्याइरहेको नेपालले ३ विकेट गुमाइ सकेको छ  । नेपालले ३ विकेटका रुपमा कुशल झुर्तेल, आसिफ शेख र कप्तान रोहित पौडेल गुमाएको छ । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भयो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो ।

खेल स्थगित भएपछि मंगलबार त्यहिँ अवस्थाबाट खेल सुरु भएको थियो । मंगलबार युएईले १५ औं बलमा रनको खाता खोलेको थियो । अन्तिम विकेटको रुपमा जुनैद सिद्दिक १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । युएईका आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस खेलको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Logo