हनुमन्ते खोलाले यसरी आफ्नो उग्ररुप देखायो (भिडियोसहित)

हनुमन्ते खोलाले यसरी आफ्नो उग्ररुप देखायो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विगत केही दिनदेखि परेको भारी बर्षाका कारण काठमाडौंसहित देशका विभिन्न स्थानहरुमा बाढी, पहिरो गएको छ भने तराईका अधिकांश जिल्लाहरु डुबानमा परेका छन् । यसरी जताततै जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । त्यस्तै पहिरोमा परेर धेरै जनाले ज्यान गुमाइसकेका छन् भने सयौं घरपरिवार बिस्थापित भएका छन् ।

मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू-भाग गलिसकेकाले अबको पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको मौसम विज्ञान विभागले जनाएको छ । उपत्यकाभित्र साना ठूला थुप्रै संख्यामा खोलाहरु बगिरहेका छन् । जसमा बाग्मती, मनोहरा, हनुमन्ते, धोबीखोला, बिष्णुमतीको किनारमा रहेका बस्तीहरुले वर्षेनी सास्ती भोग्दै आइरहेका छन् । सदाको वर्षहरु जस्तै यसवर्ष पनि उपत्यकामा डुबान हुन सुरु भइसकेको छ ।

हनुमन्ते खोलामा पानीको बहाव ह्वात्तै बढेको छ । केन्द्रबिन्दु टोली मंगलबार हनुमन्ते खोलामा पुग्दा पानीको सतह निकै माथि देखियो । हनुमन्ते खोलामा बाढी आउँदा किनारमा रहेका बस्तीहरु डुबानमा परेको छ । स्थानीयका अनुसार, सोमबार दिउसो २ बजेतिर एक्कासी आएको बाढीले डुबान भएको हो । बस्तीमा पानी पस्दा घरभित्रको कोठाहरुमा करिब ४ फिट भन्दा बढी डुबेको छ । यसरी कोठा भित्र पानी पस्दा जनजीवन सुत्ने ठाउँ समेत नभएको स्थानीयले बताए । हेरौं भिडियो :

 

Logo