नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति नभएको वर्तमान सरकारले देशलाई अस्थिरतातर्फ लगेको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित मिशन ग्रासरुट अभियान अन्तर्गत सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई समाप्त गर्न खोजिएको आरोप लगाएका हुन् । उनले जनतालाई एमालेको विरुद्ध उचालेको दावी समेत गरे ।
उनले भने, ‘देशमा राजनीतिक स्थिरताको स्थिति छैन । अस्थिरता तर्फ देश गएको छ । जानी बुझिकन पनि हामीमाथि केही कुराहरु जनतालाई अलमलाएर थोपरिए । जुन कुरालाई हामीले स्वीकार्न बाध्य भयौं । नीति नभएका चार तिर फर्किएका तत्वहरु मिलेर सरकार जनाउनु पर्ने अवस्था छ । त्यो भनेको देश नीति हिनतामा जाने नै भयो ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले निकै नै लज्जास्पद काम गरेको दावी गर्दै आफ्नो भ्रष्टाचार छोप्न एमालेलाई भ्रष्टचारी बनाएको आरोप लगाए । आफ्नो बल र बुतामा एमाले निरन्तर अगाडि बढिरहने पनि उनको भनाइ छ ।





























प्रतिक्रिया