बैंक तथा वित्तीय संस्थाहरूले ऋण नतिर्न दुरुत्साहन गर्नेहरूविरुद्ध अनिवार्य रूपमा मुद्दा चलाउने भएको छ।
वैशाख १४ गते बसेको बैंक तथा वित्तीय संस्था परिसंघको बैठकले बैंकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, लिएका कर्जाको साँवाब्याज नतिर्न दुरुत्साहन गर्ने व्यक्ति तथा संस्थाहरूविरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने निर्णय गरेको हाे ।
विज्ञप्तिमा भनिएको छ, ‘बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्धा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने ।’
प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि आफूहरू प्रतिबद्ध र दृढ संकल्पित रहेकोसमेत परिसंघले जनाएको छ।
































प्रतिक्रिया