मिटरब्याज पीडितकाे समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

मिटरब्याज पीडितकाे समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न राष्ट्रपति कार्यालयका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितले काठमाडौंमा धर्ना दिइरहेका समयमा सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो ।हाल संसद अधिवेशन स्थगित भएको कारण कानुन संशोधन गर्न अध्यादेशको बाटो लिएको पनि उनले जानकारी गराइन् ।

Skip This
Skip This
Logo