चेल्सीलाई पराजित गर्दै आर्सनल शिर्ष स्थानमा उक्लियो

चेल्सीलाई पराजित गर्दै आर्सनल शिर्ष स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगको जारी खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ। घरेलु मैदानमा चेल्सीलाई ३-१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। चेल्सीको यो लगातार छैटौँ हार हो। 

इमिरेट्स स्टेडियममा मंगलवार राती भएको खेलमा आर्सनलले पहिलो हाफ नै ३ गोल गरेर आफनो मजबुत पकड कामय गरेको थियाे।

खेलको १८औँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाउन सुरु गरे । त्यसको १३ मिनेट पछि अर्थात ३१औँ मिनेटमा झाँकाकै पासमा ओडेडार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारिदिए । 

आर्सनल यतिमा नै रोकिएन, दोस्रो गोल गरेको १ मिनेट पछि अर्थात ३४औँ मिनेटमा जेससले थप गोल गरे पछि पहिलो हाफमै आर्सनलले ३-० को को राम्रो पकड लिन सफल भयो । 

उता, दोस्रो हाफको ६५औ मिनेटमा चेल्सीका लागि नोनीले गोल फर्काए पछि खेल ३-१ को स्थितिमा रहन पुग्यो। त्यसपछि एक अर्काको पोष्टमा गोल गर्नका लागि दुवै टिमले प्रयास गरे पनि सफल भएनन । अन्ततः ३-१ को अन्तरले आर्सनल बिजयी भयो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले ३४ खेलबाट ७८ अंक बटुलेको छ भने पराजित चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर १२औँ  स्थानमा सिमित रहेको छ ।

Logo