नेपाल राष्ट्र बैंकले लुघवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा तोकेको छ ।
राष्ट्र बैंककाअनुसार बचत/निक्षेप खाता संचालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन नपाउने जानकारी दिएको छ । यद्यपि, कर्जा प्रवाह गर्दा भने १.५० प्रतिशत मात्र सेवा शुल्क लिन पाउनेछन् ।
सोही बमोजिम अब लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा १.५० प्रतिशत मात्र सेवा शुल्क लिने भएका हुन् । तर, तोकिएको सो सीमा भन्दा बढी शुल्क लिएमा राष्ट्र बैंकले कारवाही गर्ने भएको छ ।
राष्ट्र बैंकले भन्यो, ‘कर्जा प्रवाह गर्दा १.५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउनेछन् । एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह अवधिको आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्छन् ।’





























प्रतिक्रिया