बलात्कार आरोपमा दुई किशोर पक्राउ

बलात्कार आरोपमा दुई किशोर पक्राउ

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोपमा कञ्चनपुर र दाङमा गरी दुई किशोर पक्राउ परेका छन्। कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बेदकोट नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

किशोरले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस्तै दाङमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका-३, दमारगाउँ घर भई हाल बबई गाउँपालिका-६, कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती किशोरीलाई गत शनिबार ललाई फकाई आफ्नै खाली घरमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

Skip This
Skip This
Logo