ब्रेकअपपछि साथी बन्दा रिस उठ्छ: नागा चैतन्य

ब्रेकअपपछि साथी बन्दा रिस उठ्छ: नागा चैतन्य

केन्द्रबिन्दु
0
Shares

साउथ अभिनेता नागा चैतन्य अभिनेत्री सामन्था रुथ प्रभुसँगको सम्बन्ध विच्छेदपछि चर्चामा छन्। सम्बन्ध विच्छेदपछि एक अर्काको नाम नलिएर दुवैले धेरै कुरा बोलिसकेका छन् ।

कहिले सामन्था पूर्व पति नागा र उनकी कथित प्रेमिका शोभित धुलिपालाको विषयमा बोल्छिन्। त कहिले नागा सामन्थाको नाम नलिई आफ्नो कुरा राखिरहेका छन्। हालै नागाले सामन्थाको नाम नलिई सम्बन्ध विच्छेदपछिको जीवनका बारेमा बोलेका छन्।

फिल्म ‘कस्टडी’ को प्रमोसनका समयमा उनले आफूले सम्बन्ध टुटेपछि साथी बन्नुपर्ने विषयलाई बुझ्न नसकेको उल्लेख गरेका छन् ।

‘एकपटक मेरी पूर्वले ब्रेकअप पछि साथी भन्ने विषयमा बोलेकी थिइन् । यो कुरालाई मैले अस्वीकार गरेको थिएँ’, उनले भनेका छन्, ‘यस्तो कुरा मलाई मन पर्दैन । यस्तो कामले मलाई रिस उठाउँछ ।’ नागाको नाम हाल शोभित धुलिपालासँग जोडिएको छ । उनीहरु कैयौँ पटक सँगै देखिएका छन् ।

Skip This
Skip This
Logo