हालान्डकाे कीर्तिमानी गाेलसँगै सिटी शीर्ष स्थानमै फर्कियो

हालान्डकाे कीर्तिमानी गाेलसँगै सिटी शीर्ष स्थानमै फर्कियो

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिगको जारी प्रतियोगितामा म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल भएको छ । घरेलु मैदान इतिहाद स्डेडियममा बुधवार राती भएको खेलमा वेस्ट हामलाई ३–० ले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लन सफल भएको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि ४९औँ मिनेटमा नाथन एकेले  बेस्ट हामबिरुद्ध गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । र, ७०औँ मिनेटमा एर्लिङ हालान्डले गोल थपेपछि सिटीको अग्रता दोब्बर हुन पुग्यो । त्यसपछि खेल सकिनु केही समय अघि अर्थात् ८५औँ मिनेटमा फिल फोडेनले गोल गरे पछि सिटीले ३–० को सानदार जित निकाल्न सफल मात्रै भएन, सिटी शीर्षस्थानमा पनि उक्लिन पायो ।

यस जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक बटुलेको छ भने पराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औँ स्थानमा छ । हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्। उनले ३३ औँ खेलबाट यो कीर्तिमान बनाएका हुन्।

Logo