कोरोनाबाट आज थप एक जनाको मृत्यु, ४३ जनामा संक्रमण पुष्टि

कोरोनाबाट आज थप एक जनाको मृत्यु, ४३ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३०१ नमूना परीक्षण गर्दा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै सक्रिय संक्रमितको संख्या २०२ पुगेको छ । 

त्यस्तै, वितेको २४ घण्टामा कोरोना संक्रमणकै कारण थप एक जनाको ज्यान गएको छ भने ५० जना निकाे भएका छन् ।  

काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २६ जना र आईसीयूमा १२ जना र भेन्टिलेटरमा राखेर एक जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Logo