नेपालमा सौन्दर्य प्रतियोगिता हुने संख्या बढिरहदा तेस्रो संस्करणको आयोजनाको तयारीमा रहेको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ मा आकर्षण बढिरहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ।
प्रतियोगिताबारे जानकारी दिँदै आयोजित कार्यक्रममा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनौट भएका १ सय ७० जनामा ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेको नेपाल निर्देशक सन्तोष उपाध्यायले जानकारी दिए।
उनले अन्तिम प्रस्तिस्पर्धा हुने प्रतियोगितामा विदेशमा बसोबास गरिरहेका, एनआरएन,सौन्दर्य प्रतियोगिता विजेतासमेत रहेका मिस जर्मनी समा पराजुली, मिस डायमण्ड सरोजी न्यौपाने, मिस सुदुरपश्चिम रोशनी चन्द, मिस पूर्वेली सुपर मोडल सुम्निमा खातुन, मिस टिन रनरअप सुष्मिता अधिकारी, मिस बागलुङ सकुना खत्री, हाउस अफ फ्यासन शिशिर वाग्ले, मिस्टर टिन रनरअप साइरस विश्वकर्मासमेत प्रतिस्पर्धा गरिरहेको बताए।
प्रतियोगिताको निर्णायकमा ‘मिस्टर सुप्रानेशनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कार रहेका छन्। उनी आउँदो साताको सोमबार नेपाल आउँदैछन्। यो सौन्दर्य प्रतियोगिता भएतापनि यसमा सामाजिक कार्यमा दिएको योगदानसमेत मुल्यांकन हुने प्रावधान रहेको छ। प्रतियोगितमा पुरुष,महिला,समलिङ्गीसँगै एकल रूपमा जीवन बिताइरहेकाले समेत सहभागिता जनाउन पाइने जनाइएकाे छ ।
प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिने छन्। जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन्।
यस्तै विजेताले अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने चार प्रतियोगितामा प्रस्तिस्पर्धा गर्न पाउनेछन्। गत वर्षको प्रतियोगितामा निर्णायकको रुपमा ‘मिस्टर सुप्रानेशनल २०२१’ भरो भार्गाेस,‘मिस सुप्रानेशनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेशनलका आयोजकका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आएका थिए। यसको फिनाले जेठ १ गते हुने आयोजकले जनाएको छ ।































प्रतिक्रिया