लुम्बिनीको विकासका लागि सरकार ठोस योजनाका साथ अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

लुम्बिनीको विकासका लागि सरकार ठोस योजनाका साथ अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २५६७ औँ बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहमा बोल्दै लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताएका छन् ।

लुम्बिनीसँगै, कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा अघि बढाउने उनले बताए ।

क्रान्ति र शान्ति एक अर्काका पूरक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तर यसलाई बुझ्ने र ग्रहण गर्नेमा एकरुपता हुन नसकेको बताए ।

Logo