प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुने भएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता बाक्लो बन्न थालेको छ । हिजो बिहीबार पनि दुई नेताबीच यही विषयमा भेटवार्ता भएको थियो । आज पनि अपरान्ह ३ बजे भेटवार्ताका लागि समय तय भएको छ ।
बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको त होइन ? भन्ने खालको आशंका व्यक्त गरेका थिए ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । शरणार्थी प्रकरणमा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी हाल फरार छन् । उनका छोरा सन्दीपलाई भने पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । यसअघि सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो ।





























प्रतिक्रिया