सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक जारी

सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले बसिरहेकाे छ । 

पार्टी कार्यालय बसन्धारामा केहीबेर अघिबाट संयुक्त बैठक जारी रहेकाे हाे । बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय गर्ने बताइएकाे छ । यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएर आएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।  

Logo