नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् ।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीकाे जिज्ञासामा अध्यक्ष ओलीले भने- ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’
नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेकाे आराेपमा पूर्वमन्त्रीसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर उनी हाल फरार छन्। उनका छोरा सन्दीपलाई भने पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। बिहीबारको भेटवार्तामा पनि अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको त होइन ? भन्ने खालको आशंका व्यक्त गरेका थिए।





























प्रतिक्रिया