पशुबलि निषेध गर्न पशुपतिनाथमा सचेतना अभियान

पशुबलि निषेध गर्न पशुपतिनाथमा सचेतना अभियान

केन्द्रबिन्दु
0
Shares

 
नागरिकलाई शाकाहारी बनाउने उद्देश्यका साथ पशुबलि निषेध गर्न आज पशुपतिनाथ मन्दिर परिसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । 

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले पशुबलि रोक्न आग्रह गर्दै उक्त सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो । 

हरेक मङ्गलबार सडकपेटीमा व्यानरसहित पशुबलि रोक्न आग्रह गर्ने र शनिबार बिहान विभिन्न मन्दिरमा गएर पशुबलि रोक्नका लागि सचेतनामूलक कार्यक्रम गरिँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्वअध्यक्ष मातृका प्याकुरेलले जानकारी दिए । उनका अनुसार उक्त सचेतनामूलक कार्यक्रम कुनै सहयोगबिना स्वतःस्फूर्तरूपमा  २०७२ सालदेखि गरिँदै आएको छ ।

विसं २०५२ देखि यो अभियान सुरु भए पनि २०७२ सालदेखि नियमितरूपमा अभियान सुरु गरेको अध्यक्ष प्याकुरेलको भनाइ छ । 

Logo