मुम्बईमाथि चेन्नईको सानदार जित

मुम्बईमाथि चेन्नईको सानदार जित

केन्द्रबिन्दु
0
Shares

चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा घरेलु मैदानमा चेन्नईले मुम्बई इण्डियन्समाथि ६ विकेटको जित दर्ता गरेको हो । 

१४० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । चेन्नईका लागि ओपनर डेभोन कन्वेले सर्वाधिक ४४ रन जोडे । साथै अर्का ओपनर रुतुराज गैक्वाडले ३० रन बनाउँदा अजिंक्या रहानेले २१ रन तथा शिवम् डुवे २६ रनमा अविजित रहे ।  

बलिङमा मुम्बईका पियुष चावलले २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाएको थियो । मुम्बईका लागि नेहाल वढेराले सर्बाधिक ६४ रन बनाए भने सूर्यकुमार यादवले २६ र ट्रीस्टन स्टब्सले २० रन बनाए । मुम्बईका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा चेन्नईका माथिसा पाथिरानाले सर्बाधिक ३ विकेट लिए भने दीपक चहर र तुषार देशपाण्डेले २/२ विकेट र रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।

यो जितसँगै चेन्नई ११ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । पराजित मुम्बईले १० खेलमा १० अंक हासिल गरेको छ । 

Logo