संघीय संसदका नवनियुक्त सचिवहरुको सपथ आज

संघीय संसदका नवनियुक्त सचिवहरुको सपथ आज

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गतका दुईजना सचिवले आज पद तथा गोपनियताको सपथ लिदैछन्। संघीय संसद सचिवालय, सिंहदरवारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । 

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः१५ बजे उक्त सपथ समारोह  कृषी समितिको हल, सिंहदरवारमा हुनेछ ।  प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र  राष्ट्रियसभाका सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते भएका थिए।

संघीय संसद सचिवालयमा सहसचिब पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गरेका हुन्। उनीहरु दुवैजना नेपालको संबिधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त भएका हुन् ।

Skip This
Skip This
Logo