सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो ।
सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीनवटा हेलिकोप्टरलाई ग्राउन्डेड गराईएको हो। पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउन्डेड गराएको जनाएकाे छ। अब ती हेलिकोप्टर माथी सुरक्षा जाँच गरिने छ।
संखुवासभाको भोटखोला गाउँपालिका–-४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो। उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।































प्रतिक्रिया