नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लाग्ने बताएका छन्। गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा ढिलाइ भइरहेको स्वीकार्दै उनले यसमा राजनीतिक दलको कमजोरी भएको बताए।
चेक रिपब्लिकको राजधानी प्रागमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ युरोपेली सम्मेलनको उद्घाटनमा सम्बोधन गर्दै उनले भने, 'हामी आफैँले लेखेको संविधान कार्यान्वयन गर्न सकिरहेका छैनौँ, यो हाम्रो कमजोरी हो, तर गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लगाउने विषयमा हामी सबै राजनीतिक दल प्रतिबद्ध छौँ ।'
गैरआवासीय नेपाली संघ आफैमा ठूलो अभियान भएको समेत उनले बताए । नेम्वाङले भने, 'सिंगो नेपाल र नेपालीसँग, देश बाहिर रहेका नेपालीलाई जोड्ने अभियानमा लागेका सबैलाई धन्यवाद दिन चाहान्छु, यो अभियान, यो आन्दोलन अझ सशक्त र एकजुट होस् भन्ने मेरो चाहाना हो ।'





























प्रतिक्रिया