आज मधेस प्रदेशसभा कार्यव्यवस्था समितिको बैठक बस्दै

आज मधेस प्रदेशसभा कार्यव्यवस्था समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेश प्रदेशसभा कार्यव्यवस्था समितिको बैठक आज बस्ने भएको छ। आइतवार दिउँसो १ बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाईएको मधेश प्रदेशसभा उपसभामुख बबिता कुमारी राउत (इश्वर) ले बताएकी छन् । 

बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने विषयमाथि भन्दा विभिन्न समितिहरूको बारेमा छलफल गर्ने कार्यतालिका रहेको उपसभामुखको भनाई रहेकाे छ।  ‘प्रदेश सभा बैठकमा सभाभित्र रहेका विभिन्न समितिहरुको बारेमा आज छलफल गर्ने कार्यतालिका छ।

प्रदेशको हिउँदे अधिवेशन अन्त्यकाे बारेमा पनि छलफल हुन सक्छ।’ राउतले भनिन् ।  मधेश प्रदेशमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय भइसक्दा पनि हिउँदे अधिवेशन अन्त्य भएको छैन । 

Logo