नागेन्द्रको संगीत र नविनको शब्दमा ‘सुस्तरी सुस्तरी’ सार्वजनिक

नागेन्द्रको संगीत र नविनको शब्दमा ‘सुस्तरी सुस्तरी’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि हङकङमा बसोबास गर्दै आइरहेका वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा रहेको म्युजिक भिडियो सुस्तरी सुस्तरी सार्वजनिक भएको छ ।  

रोमान्टिक भर्सनको यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बलबहादुर राजवंशीको सुमधुर स्वर सुन्न सकिन्छ । प्रेम भाव  समेटिएको  गीतमा शब्द नविन श्रेष्ठको रहेको छ । गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका छन् । 

माया गर्ने प्रेमिल जोडीहरुमा समर्पित गरिएको गीतको भिडियोमा मोडल नग्मा श्रेष्ठ र प्रवीण डिसीको अभिनय रहेको छ । भिडियोमा उनीहरुलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । जस बहादुर याक्खाको निर्देशनमा भिडियो तयार पारिएको हो । 

भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल नागेन्द्र श्रेष्ठमार्फत सार्वजनिक भएको हो।

यसअघि श्रेष्ठको स्वर र संगीतमा सयौ गीत संगीत सार्वजनिक भइसकेका छन् । दर्जनौँ चर्चित गायक गायिकासंग काम गरिसकेका श्रेष्ठ हङकङमा हार्मोनियम उस्तादका रुपमा समेत परिचित छन् ।  

Logo