आइपिएलमा लखनऊमाथि गुजरातको सानदार जित

आइपिएलमा लखनऊमाथि गुजरातको सानदार जित

केन्द्रबिन्दु
0
Shares

गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार जित हात पारेको छ । आइतबार भएको आइपिएलको ५१ औं खेलमा गुजरातले लखनऊ सुपर जायन्ट्समाथि ५६ रनको जित दर्ता गरेको हो । 

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा जितका लागि पाएको २२८ रनको विशाललक्ष्य पछ्याउने क्रममा लखनऊ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रनमै समेटियो । लखनका लागि ओपनर क्विन्टन डिककले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ खेले । साथै काइली मेयर्सले ४८ रन र आयुष बाडोनीले २१ रन जोड्नुबाहेक अन्य खेलाडीको राम्रो प्रदर्शन रहेन । 

बलिङमा गुजरातका मोहित शर्मा एक्लैले ४ विकेट लिए । साथै मोहम्मद शामी, नुर अहमद र राशिद खानले समान एकएक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । गुजरातका लागि ओपनर शुभमन गिल सर्वाधिक ९४ रनमा अविजित रहे । साथै अर्का ओपनर ऋद्धिमान शाहले ८१ रनको सानदार इनिङ खेले । उनीहरुले पहिलो विकेटको लागि नै शतकीय साझेदारी गरे । कप्तान हार्दिक पाण्ड्याले २५ रन तथा डेविड मिलर २१ रनमा अविजित रहे । 

बलिङमा लखनऊका मोहसिन खान र आवेश खानले समान एकएक विकेट लिए ।  

जितसँगै ११ल खेलको १६ अंक जोडेको गुजरात शिर्ष स्थानमा कायमै छ । पराजित लखनऊ भने समान खेलमा ११ अंकसहित तेस्रो स्थानमा छ । 

Skip This
Skip This
Logo