आज संवैधानिक परिषदको बैठक बस्दै

आज संवैधानिक परिषदको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्नेछ । 

उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो । उनका अनुसार नयाँ थप कार्यसुची उल्लेख छैन ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाकाे पहिलो अधिवेसनका अन्तिम समयमा संवैधानिक परिषद सबन्धी (संसोधन) बिद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो ।

संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुदाँ थप गरेर बिद्येयक ल्याईए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेको आपत्तिपछि कार्यसुचीमा समावेश गरिसकेको सो बिद्येयक अन्तिममा फिर्ता लिइएको थियो। एमालेले संसदीय सुनवाईको पुर्णतापछि मात्रै सो बिद्येयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ । 

Skip This
Skip This
Logo