बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले कपडा खोलेर विरोध जनाएका छन् ।
सोमबार संसद बैठकमा उनी अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् ।
विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए । बोल्न नपाएको भन्दै अमरेशकुमारले सर्ट र गन्जीसमेत खोलेपछि सभामुखले अशिष्ट व्यवहार गरेको भन्दै सांसद सिंहलाई चेतावनी दिएका हुन्।

सिंहले बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए। सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र गन्जी लगाएका थिए। त्यसपछि बैठकको नियमित कार्य सुरु भएको थियो। शून्य समयमा बोल्ने पहिलो सांसदले कपडा खोल्ने सांसद सिंहको स्वास्थ्य परीक्षण गराउन माग गरेका थिए ।

































प्रतिक्रिया