स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एसटिसी) र मुक्तिनाथ विकास बैंकबीच एससीटी-युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले हस्ताक्षर गरेका हुन्।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकबीच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ।

हाल ५ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीहरूले एससिटी युपिआइ डेबिट कार्ड आफ्नो ग्राहकहरूलाई प्रदान गरिरहेका छन्।

यस सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले एससिटी युपिआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन्। साथै, युनियन पे इन्टरनेशनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटिएम, पिओएस, इ–कमर्श जस्ता सेवा सजिलै लिनसक्ने कम्पनीले जनाएकाे छ । 

Logo