आइपीएलमा पन्जाबमाथी कोलकत्ताको रोमान्चक जित

आइपीएलमा पन्जाबमाथी कोलकत्ताको रोमान्चक जित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग(आइपीएल)मा कोलकत्ता नाइट राइडर्सले पन्जाब किंग्समाथि रोमाञ्चक जित निकालेकाे छ। घरेलु मैदान इडन गार्डेनमा कोलकत्ता ५ विकेटले विजयी भएको हो ।

१ सय ८० रनको लक्ष्य कोलकत्ताले निर्धारित २० ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो।कोलकत्ताका लागि कप्तान नितिश राणले ३८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ्स खेले ।

रिंकु सिंह १० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाउँदै अविजित रहे। अन्तिम बलमा चौका प्रहार गर्दै सिंहले खेल जिताएका थिए ।  आन्द्र रसेलले २३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । ओपनर जेसन रोयले २४ बलमा ८ छक्काको सहयोगमा ३८ रन बनाए । 

पन्जाबका लागि राहुल चहरले २ तथा हरप्रित ब्रार र नाथन एलिसले समान १/१ विकेट लिए ।त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनायो । पन्जाबका लागि कप्तान शिखर धवनले ४७ बलमा ९ चौका र १ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ्स खेले ।

ऋषि धवनले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए । जितेश शर्माले १८ बलमा २ छक्काको सहयोगमा २१ रन बनाए । साहरुख खानले ८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २१ रन बनाए । लियम लिविङ्स्टोनले ९ बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए । 

हरप्रित ब्रारले ९ बलमा अविजित १७ रन बनाए । ओपनर प्रभशिमरन सिंहले ८ बलमा ३ चौकाको सहयोगमा १२ रन बनाए । पन्जाबले अन्तिम ओभरमा २१ रन बनाएको थियो । 

११ खेलमा पाँच जित र ६ हारका साथ १० टोली सहभागी प्रतियोगितामा कोलकत्ता पाँचौ स्थानमा उक्लिएको छ । ११ खेलमा पाँच जित र ६ हारका साथ पन्जाब अंक तालिकाको सातौँ स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo