कतारमा कोरोना संक्रमितको संख्या घट्दै

कतारमा कोरोना संक्रमितको संख्या घट्दै

केन्द्रबिन्दु
0
Shares

तिलु शर्मा पौडेल
दोहा कतार ।

गत फेब्रुअरीको अन्तिम साता पहिलो पटक कतारमा कोरोना देखिएको थियो । त्यस यता मे मा यसको सङ्क्रमण निकै उच्च देखिए पनि सरकारले कोरोनाको प्रकोप नियन्त्रणमा सफलता पाउँदै गईरहेको छ । नेपालीहरूको रोजगारीको आकर्षक गन्तव्य मानिएको कतारमा पछिल्ला दिनहरूमा सङ्क्रमित हुनेको संङख्या भन्दा स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च देखिँदै आएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४०५ जनाले स्वास्थ्य लाभ गरे सँगै कुल १ लाख ३ हजार ७ सय ८२ जना निको भएर घर फर्किएका छन् । ४ हजार ३ सय ३६ जनामा गरिएको परीक्षणमा थप ३८९ जनामा सङ्क्रमण फेला परे सँगै सङ्क्रमितको कुल सङ्ख्या १ लाख ७ हजार ३७ पुगेको छ । ७० र ७१ वर्षीय दुई नागरिकको मृत्यु सँगै मृतकको सङ्ख्या १५९ पुगेको छ ।

३ हजार ९६ जनाको उपचार चलिरहेको छ । ती मध्ये ५३७ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा तथा ३० जनालाई अस्पतालमा भर्ना गरिएको छ । थप ९ सहित आइसियुमा उपचार चलिरहेका बिरामीको सङ्ख्या १२६ पुगेको छ । कुल ४ लाख ४६ हजार ३६ जनामा कोरोनाको परीक्षण गरिएको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नागरिकहरू रहेको जनाइएको छ ।

Logo