मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रिय अस्मितामाथि गम्भीर घात भएको बताएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजले नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेतासहित जो कोही संलग्न भएपनि उनीहरुलाई कानुनसम्मत कारवाहीको सुनिश्चितता गर्न आग्रह गरेको हाे । अहिलेसम्म भएको छानविन एवं घटनाक्रमले यस प्रकरणमा शीर्ष राजनीतिज्ञहरु सहित उच्च पदस्थहरुको संलग्नता भएको पुष्टि हुँदै गएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्तिहरु रहस्यमय तवरमा गायव हुनुले राजनीतिक संरक्षण भएको देखिन्छ भने प्रमुख दलका शीर्ष नेताहरुको अस्वभाविक दौडधुपले अनुसन्धान प्रक्रियालाई असर पार्ने संभावना प्रवल देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन/अनुसन्धान गरि गहिराइमा छानविन गर्न माग गर्दै समाजले दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन कानुनसम्मत कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ । ‘शरणार्थी प्रकरणमा संलग्नहरुलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको अभ्यासको शान्ति समाज निन्दा गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।





























प्रतिक्रिया